ती
दिनहरू
फेरि याद आए
आफैलाई भुल्न पुगे
जिन्दगीका
हठात् पलहरुमा
तिमीलाई नै खोज्न पुगे
विवशता
मेरो जीवनको
भक्कानो छोडी रून पुगे
Thursday, January 26, 2012
Wednesday, January 11, 2012
फेरी तिम्रो याद ...
प्रतिक्षा त तिम्रै गर्थे, तिमि आउने बाटो हेरी
रिसाई दिन्थे कहिलेकाही, ढिलो आउदा साटो फेरी
वाचा गर्दै साथ दिने, अन्जान भिडमा छोडी गयौ
हासो दिन्छु भन्थ्यौ, आखाभरी वेदनाका मोति दियौ
हर रात सपनीमा आइ, जिस्काउछौ तिमि घरीघरी
फेरी तिम्रै मायामा अल्झी, छामी खोज्छु वरिपरी
जति बिर्सन खोज्यो, उति धेरै याद आउछौ तिमि
वसन्तको उमङ्ग बनि, यो मनमा छाउछौ तिमि
मुटुको धड्कन छामी हेरे, तिमीलाई नै पाए मैले
थाहा छैन किन प्रिये, तिमीलाई नै चाहे मैले
सफल हुन्थ्यो जीवन, तिम्रै बाहुपाशमा मर्न पाए
जिन्दगीका जंघार सबै, तिमि संगै तर्न पाए

Monday, January 9, 2012
तिमीलाई नै लेखे मैले
साकुरासंग लुकामारी खेल्दा तिमीलाई नै भेटे मैले
मादलुको ताल संगै उमंगको नाच नाचे मैले
उराठमय यो जिन्दगीमा तिम्रो साथ चाहे मैले
गुम्सिएका मनका बह तिमि संग साटे मैले
तिम्रो एक स्पर्शमा संसारै घमाइलो देखे मैले
बहने यी नयनका आशु सबै पुछे मैले
जिन्दगीका पनाभारी तिमीलाई नै लेखे मैले
विरह यो मुटुका व्यथा सबै भुले मैले

Wednesday, January 6, 2010
मेरो दैनिकी : पिडा उही, रुप अनेक
मिति: २०६६-२-१२
स्थान : आफ्नै कोठा
समय : १० बजे राति
" ऐया ..ऐया ....मलाई नकुट ..ऐया...मलाई छोडी देओ ...." यस्ता क्रन्दनपूर्ण चित्कार संगै हृदयमा डर, त्रास अनि एक्लोपनका अनुभूति माझ करिब ५ बजे बिहान मेरो नीद्रा खुल्यो | टाउको भारी भइरहेको थियो; हृदयमा ठूलो बोझ थियो | केहि बेर बेड मै बसेर सोचे | 'किन यस्तो सपना आयो होला ? मलाई कसै संग डर भय त थिएन | मलाई सबैले माया गर्छन | फेरि किन त्यस्तो सपना आयो होला ?' अनि सम्झिए - केहि दिन अगाडी रत्नपार्कमा एक जना महिलालाई केहि नारी भक्षी पुरुषहरूले कुटे | ती महिलालाई निर्वस्त्र पारे बीच सडकमा | कता कता ती महिलासंग मेरो आत्मीयता गासिएको थियो| तिनको नग्नता संगै मैले आफु पनि नागिएको महसुस गरे| मान्छेका भिडमा मैले पनि आफुलाई एक्लो पाए | मेरो पनि आत्मस्वाभिमान मा ठेस पुग्यो|
मनमा अनेकथरी कुराहरु खेल्न थाले | अहिले तिनी कहा होलिन? परिवारका सदस्यहरुले कस्तो प्रतिक्रिया दिए होलान ? अझै सुर्य आकाशमा देखिएका थिएनन| झिसमिसे उज्यालो, सुनसान बस्ति, मस्त निद्रामा हराएका मानिसहरु ! तर मेरा आखामा भने निद्रा पटक्कै परेको होइन |
महिला यौनकर्मीका बारेमा अनुसन्धान गर्ने क्रममा करिब १५-१६ वर्षकी बालिकासंग मैले अन्तर्वार्ता लिएकी थिए| तिनले भनेका कुराहरु झल्झली सम्झना भैरह्यो| उनले भनिन " भक्तपुरमा एउटा घरमा काम गर्थे......घरका मालिकले पढाई दिन्छु भनेर काम मा लागेका थिए....तर उल्टो मालिक्नी अस्पतालमा भएको मौका परेर त्यो घरका मालिकले मेरो बलात्कार गरे...सुरुमा त के गरेको थाह नै भएन...फेरी अर्को पटक पनि तेसै गरे ...'कसैलाई नभन्नु, भने पछि तेरो आमा भाई गुन्डा लाएर मार्न लाउछु' भने....यसै गरि अर्को पटक पनि त्यस्तो गर्न लाग्दा मा भागेर आमाको मा जान भनि हिडे ...निकै राति भै सकेको थियो ...कुर्ता च्यातिएको थियो ...बाटामा केहि गुन्डा केटाहरुले मलाई भेटे...फेरी ती राक्ष्याश को शिकार हुन पुगे...पटक पटक बलात्कृत हुदा समाजका सभ्य भनौदा मानिसहरु बिच मा आफ़ुलाइ नितान्त एक्लो पाए...घरमा आमा बिरामी हुनु भएकाले कमाउने मान्छे एउटा म मात्रै थिए ....अनि आये ...एस्तो काम गर्न....दिनमा चिल्ला गाडी चदने सम्मान कमाएका तथाकथित सुनाम भएका पुरुषहरु राति भने यौन प्यास मेटौना हाम्रा नौकर हुन पनि तयार हुन्छन....एउटा त बिचबिचमा सोधी रहने ' तिमीलाई रमाइलो लागि रहेछ ?' धेरै पटक सोध्यो ...मेरो पालो मैले प्यच्चै तेस्को मुखमा थुकी दिए र भने 'येही हो मेरो उत्तर ' ...त्यसले गाला रन्थनिने गरि एक झापड हान्यो ..मैले त्यसलाई दुइ झापड हाने ....'त बेश्या को यत्रो हिम्मत....आज रातभरी को लागि तेरो शरिर मैले किनेको छु...'....'हामीलाई बेश्या बनाउने त जस्ता यौनपिपासु नारिभाक्षी पुरुष नै हुन्....जे गर्छौ हामि खुलेर गर्छौ....दिनमा धर्मात्माको खोल ओढेर राति अर्काकी दिदि-बहिनि , छोरी- बुहारी लाइ बेश्या बनाउदै हिड्ने त जस्ता कातर लाछी को जीवन भन्दा हाम्रो जीवन राम्रो ...."
सुर्य डाडामाथि झुल्किसकेछन् | केहि बेरमा खाना खाइ सकेर यसो बसेकी के थिए, शोभा दि आउनु भयो | फेरी अर्को कारुणिक जीवन कथा सुने| शोभा दि ले भनिन " माया, पारपाचुके देउ भन्दा उसले मान्दैन....उ संग बस्न म सक्दिन .. भोकाएको कुकुरले सिनो देखेर झम्टे झैँ हरेक रात मा त्यसले मेरो शरीर लुच्छ....माया, यो समाज का हरेक पुरुषकी स्वास्नी एउटा बेश्या हो ...बिबाह सामाजिक मान्यता प्राप्त बेश्यवृति ..इच्छा नहुदा नहुदै लोग्ने को सामु उनले आफुलाई समर्पण गर्नु पर्छ..अनि लोग्नेले उनलाई धन यश को भागिदारी बनाउछ...साच्चै भित्रि हृदये को कुरा खुलेर भन्ने हो भने करिब ९९.५ % विवाहिता हरुले यस्तै महसुस गर्छन ....."
उफ्फ ! जता गए पनि महिला उपभोग्य वस्तु !
शोभा दि ले पछी भनिन " माया, त्यस्तै हुन् यी पुरुषहरु....जति सुकै महिला अधिकार का भाषण दिए पनि, यौन प्यास मेटाउन जहासुकै जहिलेसुकै भए पनि पुरुष आफ्नो इमान नैतिकता बिर्सन्छ.... आत्मा घृणा जाग्दैन उसमा किनकि उ पुरुष हो ..."
आज दिन भरि महिलाका व्यथाहरु सुन्दै सुनाउदै दिन गयो| बाहिर जाने उमङ्ग जागर भएन| रातिको खाना खाएर फेरी कोठामा आये| निद्रा अझै लागेको होइन| अनेक प्रश्नहरु बल्झेर आइरहेछन- किन महिला मात्रै बेश्या हुनु पर्ने? किन महिला मात्रै कलंकित हुनु पर्ने ? किन महिला मात्रै दोषी हुनुपर्ने ? ..किन ..किन ...किन...किन.....?????????
(the word, beshya, is politically incorrect to use; i have used the word to express woman's rage on patriarchal social mentality that sees potentiality of BECOMING A WHORE in every woman.....perhaps male freinds maynot like the article..but its reality..from welovenepal.com)

अबैध बेश्या
खै कसरी आत्मा बेचें
क्रय बिक्रयको होडबाजीहरुमा
अमूल्य यो शरीर बेचें
हाट बजारमा, गल्ली चोक चौताराहरुमा
लीलाम बिक्रिमा आफैलाई बेचें
म रित्तिसकेकी थिएं
म थोत्रिसकेकी थिएं
तर म मा चेतना बेचिन बांकी थियो
यि अस्थिपञ्जरहरु
एउटा कृतिम ह्यांगरमा झुण्ड्याइरहें
आउने जानेहरुले ओल्टाए पल्टाए
हेरे छामे अनि बाटो लागे
कसैले यो खोक्रो शरीर
सधैंको लागि किन्ने आँट गरेन
हुरी बतासमाझ लट्किरहेको शरीर
मक्किएको कहिल्यै याद भएन
म टुक्रिएर झर्न थालें
ग्रिष्म ऋतुको चर्को घामले
दिनहु सड्न थालें
मलाई थाहा थिएन
म दुर्गन्ध फैलाइरहेकी छु
टोलछिमेकमा झुण्डिनै नसक्ने गरि
बाटो बस्तिहरुमा नअटाउने गरि
म भित्रभित्रै कुहिसकेकी छु
अर्धमुर्छनामा जब आँखा खुल्यो
म दैलो दैलोहरुमा बेचिदै थिएं
कोही आए गए
उन्मात बैशको सदुपयोग गरे
म चुपचाप उनैलाई हेरिरहेकी थिएं
जीवनको अनौठो यात्रा
उनी आए हात समाए
धेरै माया दिए
उनकै अनुरोधमा फेरि
कैयौ पटक बेचिएं
तर थाहै नपाई
म मा कलंक लागिसकेको रहेछ
कहिल्यै नमेटिने अनि भूल्न नसक्ने कलंक
बेश्या! बेश्या!! बेश्या!!!
हो म एक अबैध बेश्या बनिसकेकी रहेछु
कसैलाई माया गर्नु मेरो पाप हो भने
म त्यो पापको प्रायश्चित गर्न चाहन्छु
तर बिन्ती छ !
यो मेरो निधारमा लागेको
बेश्यारुपी कलंक
सधैंको लागि मेटाइदेउ ।।। (from welovenepl.com, written by Kali di)

Sunday, January 3, 2010
If u can feel me...
If you can feel me...
come into my life
as an enchanting psalm...because
your presence heals my wound
as soothing balm
silence is a voice
if you can hear me
absence is a presence
if you can see me
I am in in your deep down dear...
if you can feel me...
come into my life
as an enchanting psalm...because
your presence heals my wound
as soothing balm
silence is a voice
if you can hear me
absence is a presence
if you can see me
I am in in your deep down dear...
if you can feel me...
Subscribe to:
Posts (Atom)